सन्तोष सेन भन्छन् बलिदानको लगानी ६ करोड माथी

...

काठमाडौं । भोली फूलपातीबाट रिलिज हुने तयारीमा रहेको फिल्म बलिदानको लगानी ६ करोड माथी पुगेको निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । आज (आइतबार) रिलिजको पुर्वसन्ध्यामा गरिएको पत्रकार भेटघाटमा सेनले लगानी ६ करोड २० लाखको आसपास पुगेको र भोलीसम्म अझै केहि बढ्न सक्ने बताएका थिए ।

सन्तोष भन्छन्, ‘हामीले अनुमानित भन्नसक्छौं किन भने अझै पनि कसैलाई दिन बाँकी छ, भोली सम्म अझै खर्च हुने बाटोहरु पनि छन् । त्यसैले ६ करोड २० देखी ३० लाखसम्मको आसपासमा खर्च भएको छ ।’ बलिदानमा अभिनेता समिर भट्टको मुख्य भूमिका छ । समिरको आमा बनेर अभिनेत्री ऋचा शर्मा देखिदैछिन् । यो फिल्मको हाइप निकै माथी छ । अग्रिम बुकिङ पनि राम्रै छ । फिल्मको निर्माता पवन बिष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।