बलिदानको प्रेसमिटमा समिर भट्टले बोलेका पहिलो ५० सेकेन्डका यि कुरा

...

काठमाडौँ । भोली (सोमबार) फूलपातीबाट रिलिज हुने तयारीमा रहेको बलिदान फिल्मको अघिल्लो दिन आज प्रेस मिट गरियो । फिल्मका मुख्य अभिनेता समिर भट्ट सहितको उक्त प्रेसमिट मा समिर नै मुख्य आकर्षकको केन्द्रबिन्दु बने । काठमाडौंको नयाँबानेश्वरमा रहेको होटल एभरेष्टमा बिहान ११ बजेदेखी भनिएको कार्यक्रम १२ बजेबाट सुरु भएको थियो । होटलको गेटबाट आफ्नो नयाँ गाडीमा इन्ट्री मारेका समिरसँग अभिनेत्री ऋचा शर्मापनि सँगै थिइन् । साथमा फिल्मका निर्देशक सन्तोष सेन र निर्माताको टिम थियो ।


गेटबाट केहिभित्र गाडी छिराएसँगै उनी ओर्लिए, जब उनीहरु ओर्लिए, एकघण्टा देखी कुरिरहेका झण्डै ६० बढी मिडियाका क्यामेराले समिरलाई घेरिहाले । बिस्तारै त्यो भिड कार्यक्रम हलतर्फ प्रवेश गर्यो । लगत्तै कार्यक्रम सन्चालक जीवन पराजुलीले कार्यक्रम अगाडी बढाए । स्टेजमा बस्नेहरुको लाइन लामै थियो । कलाकार र प्राविधिको टिम गरी १० जना एकै रोमा थिए । भिडिओ सम्पादक, फाइट डाइरेक्टर देखी निर्माताहरुले बोलेर सकेपछि अभिनेत्री ऋचा शर्मा, निर्देशक सन्तोष सेन र अन्तिममा अभिनेता समिर भट्टको बोल्ने पालो आयो । समिरले आफ्नो कुरा निकै छोटकरी जम्मा ५० सेकेण्ड राखेका थिए । जुन यहाँ प्रस्तुत गरेका छौं ।


‘नमस्कार । सर्बप्रथम त यहाँ उपस्थित सम्पुर्ण सन्चारकर्मी तथा पत्रकार साथीहरु बिजयादशीको हार्दिक शुभकामना । बलिदानको बिषयमा भन्नुपर्दा चाँही देशको कथा हो, माटोको कथा हो, नेपाली पन छ सिनेमामा । आमा र छोराको कथा हो । र सबैजनाले एकदम मिहिनत गर्नुभाछ । र अघि सबैले भनिसक्नुभो सिनेमाको बारेमा । मैले भन्नलागे भनेपनि रिपिट नै गर्छुहोला । किनभने भन्नुपर्ने कुराहरु लिमिट नै हुन्छन् । जुन किसिमको एडभान्स बुकिङ, जुन प्रकारको बुकिङको प्रतिक्रिया आएको छ अडियन्सबाट । त्यसलाई देखेर विश्वस्त छुकि अडियन्सलाई सिनेमा मनपर्नेछ । थ्याङ्यु सो मच ।’

यति बोलिसकेपछि समिरले आफ्नो कुरा सकाउँछन् । त्यसपछि मिडियाकर्मीले प्रश्न सोध्न थाल्छन् । अधिकांश प्रश्न निर्देशक सन्तोष सेन केन्द्रित थियो । त्यसपछि ऋचा शर्मा र बल्ल समिर भट्टलाई सोधिएको थियो । जम्माजम्मी समिरलाई ४ देखी ६ वटा प्रश्नमात्र सोधियो । जसमा तीनफिल्म यकैसाथ रिलिज हुँदा भिडन्त महसुस गर्नुभएको छ भन्ने देखी बलिदानले कति आम्दानी गर्ला भन्ने सम्मका कुरा थिए । साथै उनलाई फिल्ममा काम गर्नुपुर्व बुबा बिराज भट्टको हस्तक्षेपका प्रश्न पनि तेर्सिएका थिए । उनले ति प्रश्नहरुमा मिलाएर जवाफ दिएका थिए ।