काठमाडौँ। ईन्डो नेपाल फेस्ट कार्यक्रमका लागी भारतको बैंग्लोर पुगेका पल शाहलाई निकै माया र सम्मान देखाइयो । भारतका नागरिकहरूले पल शाह हाई हाई भन्दै हुटिङ लगाएको भिडियो पलले फेसबुकमा पोस्ट गरेका छन् ।
पलको क्रेज कतिसम्म छ भन्ने कुराको उदाहरण बैंग्लोरमा उर्लिएको भिडले देखाएको छ । भारतीय भूमिमा नेपालका अभिनेताको यतीको क्रेज सम्भवतः पहिलो पटक नै देखिएको हो ।
असोज २७ गते पल शाह भारतको बैंग्लोरमा आयोजित ईन्डो –नेपाल कल्चर फेष्टमा आफ्नो प्रस्तुति दिन पुगेका थिए । जहाँ उनलाई गाडिबाट स्टेजसम्म पुर्याउन नै धौ–धौ परेको देखिएको थियो भने भारतीय प्रहरीलाई पलका फ्यानलाई पन्छाउन हम्मे–हम्मे परेको देखिएको थियो ।








२९ आश्विन २०८२, बुधबार १२:१३ 








