काठमाडौँ। घर बेच्ने हल्लाकाबीच प्रकाश सपुत भन्छन्, ‘कुरा भएकै हो तर भगवानको कृपाले घर बेच्नु परेन ।’ भएको के रहेछ भने ‘वसन्त’ फिल्म निर्माण पछि फिल्मका नीर्माताहरुसँग प्रकाश सपुतले लगानी सुरक्षित गर्ने सम्झौता गरेका रहेछन् ।
यता फिल्मले सोचेअनुरूप व्यापार गर्न सकेन । सोही अनुरूप प्रकाश सपुतले घर बेचेरै भए पनि निर्माताको लगानी फिर्ता गर्ने कुरा गरेका रहेछन् । यस विषयमा उनी थप प्रस्ट बनाउँदै भन्छन् घर बेच्ने कुरा भएकै हो तर बेच्नुपरेन र थप प्रगति पनि केही गर्न सकिएको छैन ।
केपि शर्मा ओलीपत्नी राधिका शाक्यको पुस्तक करुणाको विमोचनमा प्रकाशले ओलीको खुलेर प्रसंसा गरेका थिए । त्यही दिनदेखि प्रकाशका सृजनालाई दर्शकले बहिस्कार गर्दै आएका छन् ।







३ कार्तिक २०८२, सोमबार ११:०३ 








