समसामयिक र घरघरको विषय भएकाले सिनेमा दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए । ‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । सौगात र सृष्टिमार्फत निगमले पछिल्लो समय नेपालमा विकृतीको रूपमा मौलाउदै गरेको भाईरल प्रवृत्तिलाई व्यंग गर्नेछन् । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन्।







३ कार्तिक २०८२, सोमबार १२:५६ 








