प्रहरी नियन्त्रणमा बाबुल गिरी

...

काठमाडौँ। गायिका आत्महत्या प्रकरणमा मुछिएका गायक बाबुल गिरी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।  गायिका नीतु पौडेलले उनको स्टुडियोमा पुगेर आत्मदाह गरेपछि बाबुल  यो घटनामा जोडिएका हुन् । सार्वजनिक भएका समाचार अनुसार बाबुल र नीतु   झन्डै  एक दशक देखी प्रेम सम्बन्धमा रहेको कुरा पनि खुलेको छ ।

गत शनिवार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु  पौडेलको शुक्रवार बिहान उपचारको क्रममा ‘कीर्तिपुर बर्न हस्पिटल’ मा निधन भएपछि बाबुल  प्रहरी हिरासतमा छन् ।

नीतुले गरेको विवाहको प्रस्ताव बाबुलले नकारेपछि पटक पटक टार्दै आएपछि उनले आत्महत्या गरेको कारण बाबुल नै यस घटनाको  जिम्मेवार  भएको कुरा नीतुको परिवारले दाबी गरेको छ ।  अहिले बाबुल  गिरिमाथि अनुसन्धान भइरहेको छ ।