एलिना चौहानलाई समर्थन गर्दै फेरी बोले आशिष अबिरल

...

काठमाडौं । एलिना चौहानले आफूलाई अमेरिका टुरमा लैजाने आयोजकले राम्रो ब्यवहार नगरेको भन्दै बोलेपछि अमेरिकामै रहेका गायक तथा संगीतकार आशिष अबिरल पनि फेरी बोलेका छन् । उनले देश बाहिरका कार्यक्रममा आयोजकले गर्ने ब्यवहार बारे फेसबुकमा लेखेका छन् ।

उनले पनि केहिसमय अघि आफू एक आयोजकबाट अपहेलित हुनुपरेको भन्दै लामो स्टाटस राखेका थिए । साथै त्यो भन्दा अघि गायिका कला लम्सालले पनि अपहेलित भएर नेपाल फर्किनुपरेको भनेकी थिइन् ।
आशिष अभिरलको स्टाटस यस्तो छ ।

”जस्को टाऊकोमा घन पर्यो उसैको फुट्ने त रैच …..
आफ़ुलाई ठिक हूँदा सम्म सारा संसारलाई शास्ति भाको वास्तै नगरी मस्ती गर्ने नेपाली मनोबृतिले आज देशकै बेहाल भाको छ!
अल्ली अस्ति मलाई पहिले कला लम्साललाई अपमान भयो
आज एलिनाको गुनासो पनि आयो विशेष गरी बिदेशमा नौमती बाजा बनाउनेहरूको जून रूपमा मानमर्दन हून्थ्यों अहिले कलाकारको इज्जत हैसियत सोही सरह भाको महसूस बिभिन्न कलाकारको अनुभूति साटासाट गर्दा छर्लंगै छ भन्न सकिन्छ। नेपालमा श्रमको कुनै कदर छैन त्यो त जगजाहेर छ तर बिदेशमा श्रमको कती महत्व छ कला सिप कामको कदर के छ आफू कुन कामलाई समेत घृणा गरिंथ्यों अहिले आफू कुन काम गर्न बाध्य भैयेको छ जानी बुझी फेरी उही पाखण्डी पारामा कलाकारको मान मर्दन गर्नु खेदजनक छ! इलीना बैनीले कला लमसालको बारेमा केही पक्ष बिपक्षमा बोल्दा मैले यसरी हामी कसैको वकालत गर्नू हुन्न आयोजक संगको उनको अलगै गुनासो होला आन्तरिक कुरामा नपर्न सल्लाहा दिएको थिय आज घटना दोहोरियो!!!
देश विदेशमा कलाकारको हकहितको नाममा अनेक संघ संस्था छन तर आफ़्नो अवसर गुम्ने डरले
तैं चुप मैं चुप छन्।
मेरो संघ संस्था प्रति बितृष्णा यत्तिकै भाको थीएन
बिदेशमा रहनू हुने नेपाली मन मुटुहरूले कलाकारलाई अथाहा प्रेम गर्नू हुन्छ जस्को भावनामा खेलेर के के हुँदो रैछ के के!!!
न गाईका थुनाँ
न वाच्छा मुखाँ।
देशमा झुट वोल्ने झुक्क्याऊँने छक्क्याउने र महान वन्ने अविरल खेल जो चलिरहेछ।”