काठमाडौं |बलिउडको चर्चित जोडी क्याट्रिना कैफ र विक्की कौशलले आफ्नो पहिलो सन्तानको स्वागत गरेका छन्।
शुक्रबार बिहान इन्स्टाग्राममार्फत उनीहरूले छोरा जन्मिएको खुसी साझा गर्दै लेखेका छन् —
“हाम्रो खुशीको उपहार आइपुगेको छ। अपार कृतज्ञताका साथ हामी हाम्रो सानो पाहुनालाई स्वागत गर्दछौं। नोभेम्बर ७, २०२५ — क्याट्रिना र विक्की।”
यो पोस्टसँगै बलिउडदेखि फ्यानसम्म शुभकामनाको वर्षा भएको छ। धेरैले उनीहरूलाई “सबैभन्दा सुन्दर आमाबुबा” भन्दै बधाई दिएका छन्।
गत सेप्टेम्बर २३ मा दम्पतीले आफूहरू पहिलो सन्तानको प्रतीक्षामा रहेको घोषणा गरेका थिए। त्यसबेला उनीहरूले लेखेका थिए,
“आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हामी हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं।”
क्याट्रिना र विक्कीबीच पहिलो भेट सन् २०१९ को स्क्रिन अवार्डमा भएको थियो, जहाँ विक्कीले कार्यक्रम सञ्चालन गरेका थिए। सोही भेटपछि सुरु भएको उनीहरूको प्रेमकथा अब सन्तानको आगमनसँगै नयाँ मोडमा प्रवेश गरेको छ।








२१ कार्तिक २०८२, शुक्रबार १४:१५ 








