‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत सार्वजनिक

...

काठमाडौँ । सिनेमा‘ झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत सार्वजनिक गरिएको छ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् िअधिकारी र लामाको गितमा अतिथी भूमिका हो। समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्।

मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मको छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। यहि फिल्मको लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए ।

उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ। यहि फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ ।निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ। फिल्म ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । फिल्मले आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज गरेको छ ।