काठमाडौँ । गायक तथा संगीतकार एमटि महरको ‘आई.लभ.यु वन किस’ गीतले सार्वजनिक भएको केहिदिनमै चर्चा बटुल्न थालेको छ । बिशेषगरी यो गीतलाई टिकटकमा धेरैले मन पराएका छन् । युट्युवमा पनि १ लाख २२ हजार बढी पटक हेरिएको छ । गीतमा स्वर, शब्द र संगीत एमटि महरकै रहेको छ । स्वरमा एमटिलाई सिम्रन परियारले साथ दिएकी छिन् ।
गीतको भिडियो एमटी महर अफिसियलमार्फत सार्वजनिक गरिएको छ । गीतमा लोकप्रिय अभिनेता पल शाहसँगै जुना कार्की र एलिना रायमाझी लगायतको अभिनय रहेको छ । साथै भिडियोमा गायक एमटीपनि फिचर्ड छन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको टिमले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।







१७ मंसिर २०८२, बुधबार १०:२७ 








