‘चिराग’ फिल्मका निर्देशकको गुनासोः हल र वितरकले पत्याएनन्

...

काठमाडौँ । हिजो शुक्रबारबाट एउटा फिल्म रिलिज यो, त्यो फिल्म आएको धेरैलाई थाहा पनि भएन । यो फिल्म हो ‘चिराग’ । तेस्रोसिंगी समुदायका ब्यक्तिहरुको कथालाई उठाएको ‘चिराग’ फिल्मलाई हलहरुमा खासै शो छैन । अझ मल्टिप्लेक्स हलहरुमा त शो नै छैन भन्दा हुन्छ । केहि सिंगल थिएटरहरुले शो दिएका छन् ।

फिल्ममा मुख्य कलाकार तथा निर्देशक त्यागमूर्तिले आफूलाई सिनेमा हल र बितरकले नपत्याएको बताएका छन् । उनले भनेका छन्, ‘मैले कलाकारितामै १७ बर्ष बिताएँ, धेरै संघर्ष गरेँ । आज एउटा फिल्म बनाएँ तर न सिनेमा हलले शो दिन मान्नुहुन्छ, नत बितरकले नै हाम्रो फिल्मलाई बितरण गर्न मान्नुभयो । यस्तो कुराले धेरै दुखी छु ।’
शुक्रबार काठमाडौंको अस्टनारायण हलमा चिराग हेरेर निस्किएका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए । धेरै जनाको आँखामा आँशुपनि देखिन्थ्यो ।

फिल्ममा नरेश प्रसाद भट्ट र संकला गौतमको सहलेखन रहेको छ । यस्तै लगानी भने संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्तिकै रहेको छ ।फिल्ममा लोकप्रिय खलनायक सुशील पोख्रेलले अभिनय गरेका छन् । यस्तै प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी,शेर बहादुर डीसि, त्यागमूर्ती, संकला गौतम लगायतको अभिनय छ ।