काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको शिखरमा छ। सार्वजनिक भएको एक सातामै ट्रेलर युट्युबमा करिब ३० लाख पटक हेरिँदै नम्बर १ ट्रेन्डिङमा पुगेपछि फिल्मप्रति दर्शकको उत्साह बढ्दो छ।
प्रचारका क्रममा बल्छी धुर्वेले महानायक राजेश हमालदेखि मदनकृष्ण श्रेष्ठ, निर शाह, दीपकराज गिरी र दीपाश्री निरौला लगायतका दिग्गज कलाकारहरूसँग भेटघाट गरेका छन्। भेटका क्रममा उनीहरूले बल्छीको मेहनत, इमानदारी र सानो पर्दाबाट ठूलो पर्दासम्मको यात्राको खुलेर प्रशंसा गर्दै ‘गोबर गणेश’ सफलताको शुभकामना दिएका छन्।

सामाजिक कथावस्तुमा हास्य र भावनाको मिश्रण रहेको यो चलचित्र बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो। फिल्म आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा छ।








२६ पुष २०८२, शनिबार १६:२५ 











