‘युएनए डिजिटल’ ओटीटीको शुभारम्भ, फेब्रुअरीदेखि फिल्म, सिरिज र ओरिजिनल कन्टेन्ट

...

काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्मयुएनए डिजिटलको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले ओटीटीको उद्घाटन गरे।

फिल्म वितरक तथा निर्माता उज्वल गुरागाइँ सीइओ रहेको यस प्लेटफर्ममा आगामी फेब्रुअरी १ (माघ १८) देखि फिल्म, शो तथा ओरिजिनल सिरिजहरू प्रसारण हुनेछन्। प्रयोगकर्ताले आईओएस, एन्ड्रोइड (गुगल प्ले स्टोर), वेब ब्राउजर तथा टिभी संस्करण मार्फत सेवा लिन सक्नेछन्। ओटीटीको औपचारिक सुरुवात भने १४ फेब्रुअरी देखि हुने जनाइएको छ भने सब्सक्रिप्सन शुल्कबारे जानकारी चाँडै सार्वजनिक गरिनेछ।

सुरुवातमै आशिष ढकालको सिरिजसम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, अभिनेता सलोन बस्नेतको फिल्मरुम नम्बर ८रिलिज हुँदैछ। यो फिल्म ओटीटीमार्फत रिलिज हुने सलोन बस्नेतको पहिलो फिल्म हुनेछ। साथै सीइओ गुरागाइँ स्वयंले निर्माण गर्न लागेको फिल्मरियल रिदम’, सिरिजचोइज’, ‘सिनेपट न्युज’, आयुसा महर्जनको होस्टमाचेलीबेटीकाठमाडौं नाइटपनि युएनए डिजिटलमा प्रसारण हुनेछन्।

नेपाल तथा विदेशका दर्शकलाई लक्षित गरी अलगअलग ओटीटी विन्डो मार्फत कन्टेन्ट क्रमशः ल्याइने तयारी निर्माण पक्षको छ। सुरुमा करिब ६ करोड रुपैयाँ लगानी सहित प्लेटफर्म सञ्चालनमा आउन लागेको हो। नेपाली सामग्रीसँगै भविष्यमा भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि समेटिने सीइओ गुरागाइँले जानकारी दिए ।

शुभारम्भ कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले ओटीटी सुरुवातलाई सिर्जनशील क्षेत्रका लागि सकारात्मक कदम भन्दै शुभकामना दिए। अभिनेता तथा निर्माता दीपकराज गिरी ले फिल्मकर्मीका लागि ओटीटी प्लेटफर्म अत्यावश्यक भएको बताउँदै यस्ता प्लेटफर्मले लगानीको वातावरण बलियो बनाउने उल्लेख गरे। मन्त्री खरेलले गुणस्तरीय कन्टेन्ट भए ओटीटी विश्वव्यापी रूपमा सफल हुने विश्वास व्यक्त गरे।