काठमाडौँ । रबिन बोगटीको निर्देशन तथा अभिनयमा तयार भएको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ । उक्त भिडियोले समाजमा विद्यमान नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय बोकेका पात्रहरूको चरित्रलाई प्रभावशाली रूपमा चित्रण गरेको छ ।
नारशी क्रिएसनको प्रस्तुति तथा मिडिया पोर्टको सहकार्यमा ‘ब्रेक स्टेशन’ नामक युट्युब च्यानलमार्फत र्यापर दिनेश साउदको गीत ‘आक्रमण’ सार्वजनिक गरिएको हो । भिडियोमा रबिन बोगटीसहित विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावत लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो रबिन बोगटीको निर्देशनतर्फको पहिलो म्युजिक भिडियो हो । यद्यपि, अभिनयमा भने उनी नयाँ होइनन् । उनले सन् २०२३ मा चलचित्र ‘रंगेली’ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका थिए भने सन् २०१९ मा ‘डियर लभ’ नामक वेब सिरिजमा लेखक तथा अभिनेता रूपमा काम गरेका थिए ।
र्यापर दिनेश साउद (द इन्ड) को यो डेब्यु गीत हो । म्युजिक भिडियोको छायांकन रेवत श्रेष्ठले गरेका हुन् ।







४ माघ २०८२, आईतवार १७:१७ 











