सेन्सर बोर्डको प्रशंसा पायो ‘आ बाट आमा’, शुक्रबारदेखि प्रदर्शनमा

...

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्रआ बाट आमासेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले दुई दिनअघि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो।

चलचित्र अवलोकनका क्रममा सेन्सर बोर्डका सदस्यहरू भावुक बनेका छन् । सेन्सर बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीलेआ बाट आमाको कथा फरक र गहिरो भावनात्मक रहेको भन्दै फिल्म हेर्दा पटकपटक आँसु झरेको अनुभव सुनाए । आमाको कथामा यसअघि पनि फिल्म बनेको भए पनिआ बाट आमाले विषयलाई नयाँ ढंगले प्रस्तुत गरेको उनको भनाइ छ।

सेन्सर बोर्डकै अर्का सदस्य सम्पर्ण श्रेष्ठले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । पछिल्लो समय नेपाली चलचित्रको स्तर उकासिँदै गएको उल्लेख गर्दै उनलेआ बाट आमापारिवारिक कथामा आधारित सशक्त फिल्म भएको बताए र दर्शकलाई हलमा पुगेर हेर्न आग्रह गरे।

सेन्सर बोर्ड सदस्यहरूको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष उत्साहित देखिएको छ । चुनावी माहोलका बाबजुद पनि चलचित्रको चर्चा कम नभएको निर्माण पक्षको भनाइ छ। चलचित्रमा समावेशलैजा खबर ए हावाजाँदैछु नौ डाँडा काटेरगीतले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ भने ती गीतले युट्युबमा ३० लाखभन्दा बढी भ्युज बटुलिसकेका छन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय रहेको छ ।आ बाट आमाशुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।