अमेरिकामा धुर्मुस–सुन्तलीलाई विशेष सम्मान

...

अमेरिकाचर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अमेरिकामा विशेष सम्मान प्रदान गरिएको छ। ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरले आयोजित कार्यक्रममा कलाकार दम्पतीलाई सम्मानित गरेको हो। सम्मान कार्यक्रममा ग्रेट इभेन्ट्स सेन्टर ओमाहा, नेब्रास्काका कार्यकारी प्रमुख डा. कुमार गुरुङ र खड्क गजमेरले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा ओमाहा, नेब्रास्कामा रहेका विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी र बुद्धिजीवीको उल्लेखनीय उपस्थिति थियो।

वि.सं २०७२ सालको विनाशकारी भूकम्पपछि धुर्मुससुन्तलीले स्थापना गरेको धुर्मुससुन्तली फाउन्डेसन मार्फत देशका विभिन्न सामाजिक परियोजना सम्पन्न गरेका छन्। फाउन्डेसनले हालसम्म करिब ३८० घर निर्माण गरेको छ।

आयोजक डा. कुमार गुरुङले सामाजिक, मानवीय र कलाकारितामैत्री योगदानको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताए। सिताराम कट्टेलले भने, यो सम्मान व्यक्तिगत मात्र नभई कलाकारिता र समाजसेवामा पु¥याएको योगदानको प्रतीक भएको र विदेशी भूमिमा बसेर पनि नेपाल र नेपाली कलासंस्कृतिप्रति माया झल्किनु गर्वको विषय भएको बताए।