काठमाडौं । प्रणय दिवस र महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म श्री बुकुरो ले हलमा दर्शकको राम्रो उपस्थिति र सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
एकै समयमा धेरै फिल्म प्रदर्शनमा रहेकाले अपेक्षाअनुसार शो नपाए पनि प्राप्त शोहरूमा दर्शकको सुखद अकुपेन्सी देखिएको निर्माण टिमले जनाएको छ। फिल्म हेरेका अधिकांश दर्शकले यसलाई विशुद्ध पारिवारिक कथामा बनेको भावनात्मक र हेर्नैपर्ने फिल्म भन्दै प्रतिक्रिया दिएका छन्।
दर्शकबाट आएको उत्साहजनक प्रतिक्रियाले आफूलाई थप ऊर्जा दिएको निर्देशक सुदीप भुपाल सिंह ले बताएका छन्। यसैबीच, भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मको नयाँ गीत मायालुको मुस्कान सार्वजनिक गरिएको छ। गीतमा बालकलाकारहरू टिनएजमा प्रवेश गरेपछि विकसित हुने प्रेम सम्बन्धलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
फिल्म रेञ्ज को ब्यानरमा निर्माण भएको यस फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्। निर्माण पक्षका अनुसार दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया नै फिल्म टिमका लागि सबैभन्दा ठूलो सफलता बनेको छ।







३ फाल्गुन २०८२, आईतवार १६:४९ 










