भारतमा पनि प्रदर्शन हुँदै ‘रमिताको पिरती’, मार्चको दोस्रो सातादेखि रिलिज तयारी

...

काठमाडौंचलचित्ररमिताको पिरतीअब भारतका हलमा पनि प्रदर्शन हुने भएको छ। भारतमा कन्सर्ट तथा फेसन इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले चलचित्रलाई मार्चको दोस्रो सातादेखि भारतमा रिलिज गर्ने जिम्मा लिएको हो।

निर्माता सागर लम्साल र इन्फिनिटीबीच हालै भारत वितरणसम्बन्धी सम्झौता सम्पन्न भएको जनाइएको छ। कम्पनीलेरमिताको पिरतीको कथा र प्रस्तुति भारतीय युवा दर्शकले पनि रुचाउने विश्वासका साथ वितरणमा जोडिएको बताएको छ।

युवायुवतीको प्रेम, बिछोड र आत्ममन्थनलाई रोचक शैलीमा प्रस्तुत गरिएकोरमिताको पिरतीनेपालमा हाल दोस्रो हप्तामा प्रवेश गरिसकेको छ। यथार्थपरक कथा रआफैँलाई माया गर्नुपर्छभन्ने सन्देशका कारण चलचित्रले युवा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको भनाइ छ।

इन्फिनिटीले दक्षिण एसियाका कथालाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यअनुसाररमिताको पिरतीभारतभर रिलिज गर्ने निर्णय लिएको जनाएको छ। हाल भारतका विभिन्न हलसँग छलफल भइरहेको र कुनकुन सहरमा कहिलेदेखि प्रदर्शन हुने भन्ने विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ।

चलचित्रको निर्देशन सुदिप्ताले गरेका हुन्। मुख्य भूमिकामा आना शर्मा देखिएकी छन् भने कलाकारमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ र रेनु योगी लगायतको अभिनय रहेको छ।