चोरबिरालोको सफलता पछि प्रकाश कटुवालको ढाडेबिरालो आउँदै (भिडियो सहित)

...

prakash katuwal and binod dhakal

साउन, काठमाडौं । नेपाली लोकगित क्षेत्रमा कमेडी मिसाएर फरक धारका गित बजारमा ल्याएर पछिल्लो समय चर्चामा रहेका गायक प्रकाश कटुवालले ‘चोरबिरालो’को सफलता पछि यसबर्षको तिजको कोसेली ‘ढाडेबिरालो’ बजारमा ल्याउने भएका छन् । गतबर्ष बजारमा आएको गित ‘चोरबिरालो’लाई दर्शकले अत्यधिक मन पराएका थिए । जसमा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)को अभिनय उत्कृष्ट अभिनय रहेको थियो ।

गायक प्रकाश कटुवालको गतबर्षको तिजको गित ‘कनाईदेऊ न बाई’ले पनि राम्रै सफलता पाएपछि अहिले पनि ‘ढाडेबिरालो’ नाम दिएर तिजको गित बजारमा ल्याउने भएका हुन् । तिज नजिकिँदै गर्दा बजारमा बिभिन्न किसिमका तिजको गित आउने क्रम बढिरहेको छ । यसैक्रममा गायक प्रकाश कटुवालले अन्य तिज गित भन्दा फरक धारको गित बजारमा ल्याउन लागेको बताएका छन् । गायक कटुवालले आर्टिस्ट खबर सँग कुरा गर्दे भने, “गत बर्षको ‘कनाईदेऊ न बाई’ लाई दर्शकले अत्यधिक मनपराई दिनुभयो, यसबर्ष पनि दर्शकहरुलाई मन पर्ने गित ल्याएको छु, आशा छ सबैलाई मन पर्नेछ ।” उनले पछिल्लो समय गित संगितमा दर्शकले मनोरञ्जन नै बढि लिन चाहाने हुँदा मनोरञ्जनात्मक गित बजारमा ल्याउने गरेको समेत हामीलाई जानकारी दिए ।

new teej song shuting (4)

यस बर्षको तिज गित ढाडेबिरालोमा गायक प्रकाश कटुवाल र श्री देवी देवकोटाको स्वर रहेको छ । साथै गितमा गायक प्रकाशले नै संगित भरेका छन् । त्यस्तै गितमा शब्द बिनोद ढकालको रहेको छ । त्यसो त पछिल्लो समय गायक प्रकाश कटुवालले गायका गित मध्ये हिट गितहरुमा शब्द लेखन बिनोद ढकालकै रहने गरेको छ । बिनोद ढकालले हामीसँग कुरा गर्दै भने, “हामी दर्शकको माग र मनोरञ्जनलाई ध्यान दिएर गित बनाएका छौं, अहिले पनि दर्शकले मनपराईदिनु हुनेछ भन्ने आशा लिएका छौं ।” तिजको कोसेली ‘ढाडे बिरालो’ मा हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले), हरि निरौला (कक्रोज), मेरी बास्सैका कलकार सुरशे थापा (दर्शने) र गायिका ज्योति मगरले अभिनय गरेका छन् । त्यस्तै भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने अन्नपुर्ण भिजनले उक्त गित बजारमा ल्याउने भएको छ । गित छिट्टै बजारमा आउँदैछ ।

shree debi devkota singer

nepali comedy artist