पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न

...

काठमाडौँ । सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (निरुफ) भव्य रूपमा सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो। साथै, मधेशका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए ।

पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौँ संस्करणले मधेशमा नेपाली सिनेमाको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी। सहभागी थिए। कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा ठूलो योगदान पुगेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा चलचित्र निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी तथा हरिपुर नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो। चन्द्रनगर गाउँपालिकाको नाढीतालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टाहरूलाई पुरस्कार वितरण गर्नुको साथै नाढ़ीमन तालको बिषयमा लेखिएको पुस्तक बिमोचन समेत गरिएको थियो ।

पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सव NERUFF अवार्ड विजेता

. उत्कृस्ट फिल्ममोहर

. उत्कृस्ट निर्देशकओम प्रतीक गुरुङ (मोहर)

. उत्कृस्ट अभिनेतानाजीर हुसेन (गुन्युचोलो)

. उत्कृस्ट अभिनेत्रीसुरक्षा पन्त (कोशेढुंगा)

. उत्कृस्ट स्क्रिन प्लेसमुन्द्र भट्ट/नाजीर हुसेन (गुन्युचोलो)

. जुरी अवार्ड निर्देशक मिलन तामाङ (माइतीघर)

. इन्करेज्मेंट अवार्डमन्जिल कुमार (कोशेढुंगा)

.उत्कृस्ट सम्पादकनहकुल खड्क (कोशेढुंगा)

. उत्कृस्ट छायाँकारबाबु श्रेष्ठ (कोशेढुंगा)

१०. उत्कृस्ट आदिवासी फिल्मनाक्छोंग निर्देशक किरण राइ

११. उत्कृस्ट शर्ट फिल्मनिलो आकाश निर्देशक निर्मल पौडेल