सलोन र सलिनले सार्वजनिक गरे ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर

...

काठमाडौँ । सलिमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफु अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन्। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको बबाल एक्सन देख्न सकिन्छ। उनी फिल्म ‘यात्रा’पछि चुपचाप बसेका थिए। तर त्यो बस्नु उनले आफुलाई रिजर्भमा राखेको देखियो।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्मको उनको दमदार कमव्याकले फरक स्वाद पस्किएको छ। दर्शकमाझ लभर ब्वाईको रुपमा देखिदै आएका सलिमान ‘युनीभर्सटी अफ गुण्डाज्’मार्फत आफुलाई फरकधारमा प्रस्तुत गर्ने देखिन्छ।
यस फिल्मको टिजरमा सलोन बस्नेतको पनि उस्तै एक्सनमा उत्रिएका छन्। पछिल्ला बनिरहेका फिल्म भन्दा फरक बनेको देखिन्छ।

टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन्। आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाई लडिरहेको टिजरमा देखिन्छ। यसको कथा र यसको थप चर्चा आगामी ट्रेलरबाट अझ देख्न सकिएला। सलिनमान बनियाँ आफैले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। यस फिल्मको मुख्य भुमिकामा सलिमान,सलोन रहेको छन्। निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन। साथै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन। यस फिल्ममार्फत दर्शकको प्रतिक्रियापछि मात्रै फिल्म घोषणा गर्ने निर्माण पक्षको आशय हुनसक्छ। यसअघि सलोन बस्नेतले गरेको भुमिका भन्दा उनले यसमा बिलकुलै आफुलाई फरक रुपमा ढालेका छन्।

यस फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्य रहेका छन् भने मेकअपमा मनोज लामा रहेका छन्। त्यसैगरि प्रोडक्सन म्यानेजर सुवास काफ्ले,असिस्ष्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ भने साउण्ड डिजाइनर मुकेश शाह रहेका छन्। यस फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन्। फिल्मको कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले गरेका छन्।