मिस एण्ड मिसेस नेपाल इन्टरनेशल वल्र्डको अडिसन

...

काठमाडौँ । सौन्दर्य प्रतियोगीता मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ को पहिलो अडिसन आज (शनिबार) काठमाडौंको तिनकुनेमा सम्पन्न भएको छ । आयोजक समारी इन्टरनेशनल ईभेन्टले आगामी शनिबार पनि अडिसन चल्ने जानकारी दिएको छ ।
आयोजक संस्थाका अध्यक्ष भरत समारीका अनुसार आजको पहिलो अडिसनमा ३० जनाको सहभागीता रहेको थियो ।

उनले आजै विवाहित र अबिवाहित दुबैतर्फको अर्थात मिसेस र मिस तर्फकै अडिसन एकैपटक गरिएको जानकारी गराए । अध्यक्ष समारीले महिलाहरुमा भएको ट्यालेन्टलाई बाहिर ल्याउने र घरमै सिमित नरहेर बाहिरी दुनियामा पनि केहिगर्न सकिन्छ भनेर आत्मविश्वास दिलाउने काम यस पेजेन्टले गर्ने बताए । मस एण्ड मिसेस नेपाल इन्टरनेशल वल्र्डको यो दोस्रो संस्करण हो ।