देश दौडाहामा महयात्रा, ‘नेवारबहादुर बाहुनबहादुर’ प्रस्तुती

...

<p><b>फागुन, चितवन ।</b>&nbsp;'महयात्रा' लिएर मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य &nbsp;देश दौडाहामा निस्केका छन् । यात्रा सुरु गरेसँगै &nbsp;महजोडी सहितको आर्टिस्टको टोलीले शुक्रबार साँझ देशको पर्यटकीय क्षेत्र चितवनको सौराहामा प्रदर्शन देखाएको छ । तिनघण्टासम्म कल्चर हाउसमा चलेको प्रदर्शनमा उपस्थित दर्शक खुबै रमाएका थिए । कार्यक्रममा गीत, नृत्य र प्रहसन प्रस्तुत गरेर सकिँदा रातको नौ बजेको थियो । कार्यक्रममा ुमहु जोडीको प्रहसनसाथै माण्डवी त्रिपाठीको गीत र रुबिना अधिकारीको नृत्य पनि रहेको थियो । कलाकार नरेन्द्र कंसाकार र हरिवंशका छोरा मोहितले पनि प्रहसनमा साथ दिए ।</p><p>कार्यक्रमलाई होटल संघ नेपालले आयोजना गरेको हो । क्षेत्रीय होटल संघ सौराहा चितवन अध्यक्ष सुमन घिमिरेले कार्यक्रमबाट तीन लाख रुपैयाँ हाराहारीमा सहयोग जुटेको जानकारी दिए । ुयो रकम संघले सञ्चालन गर्ने वन्यजन्तु संरक्षण अभियान, छात्रवृत्ति कार्यक्रमलगायतमा खर्च गर्नेछौं,ु उनले भने। महयात्रा फागुन १३ गते पोखराबाट सुरु भएको हो ।</p>