परिवर्तन नेपालद्वारा कृष्ण भट्टराईसहित चलचित्रकर्मीलाई सम्मान तथा स्मृति पुरस्कार घोषणा

...

काठमाडौं । परिवर्तन नेपालले चलचित्र, पत्रकारिता र कला क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

संस्थाका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले चलचित्र पत्रकार तथा सञ्चारकर्मी कृष्ण भट्टराईलाईचेतन कार्की स्मृति पुरस्कारप्रदान गर्ने निर्णय गरेको हो। चलचित्र क्षेत्रको विकास, विस्तार र पत्रकारितामार्फत चार दशकभन्दा बढी समयदेखि पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ। पुरस्कारको राशि रु. १५ हजार रहेको छ।

त्यसैगरी, अभिनेत्री शारदा गिरी र निर्देशक विश्वदीप घिमिरेलाईदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारप्रदान गरिने भएको छ। दुवैलाई नेपाली चलचित्र तथा रंगमञ्चमा चार दशकभन्दा लामो समयदेखि पुर्‍याएको योगदानको सम्मानस्वरूप पुरस्कृत गर्न लागिएको हो। यस पुरस्कारको राशि पनि जनही रु. १५ हजार रहेको छ।

बैठकले परिवर्तन नेपालसँग विभिन्न समयमा आबद्ध रही योगदान पुर्‍याएका वरिष्ठ कलाकार तथा स्रष्टालाईपरिवर्तन विशेष सम्मानप्रदान गर्ने निर्णयसमेत गरेको छ। यसअन्तर्गत अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकला कलाकार देवेन्द्र थुम्केली, चलचित्र छायाङ्कन क्षेत्रमा सक्रिय वीरेन्द्र प्रसाद भट्ट तथा गीतसंगीत पत्रकारिता र प्रवर्द्धनमा योगदान पुर्‍याएकी सविता पोखरेल सम्मानित हुनेछन्।

संस्थाका अनुसार यी पुरस्कार तथा सम्मानहरू श्रावण महिनाको तेस्रो सातामा आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गरिनेछ। प्रेस विज्ञप्तिमा महासचिव देवेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।