भुमिका गिरीको तीज गीत ‘दिम कि नदिम’को चर्चा बढ्दै

...

काठमाडौँ । सांगितीक बजारमा तीजको माहोल सुरु हुन थालेको छ । तीज आउन अझै डेढ महिनाभन्दा बढी छ तर बजारमा गीत सार्वजनिक हुन थालेका छन् । गीतमा ब्यस्त रहने गायिका भुमिका गिरीले यस वर्षको तीजलाई लक्षित गर्दै ‘दिम कि नदिम’ बोलको गीत सार्वजनिक गरेकी छन्।

दशदिन अघि सार्वजनिक गीतले युट्युव तथा अन्य सामाजिक सन्जालमा चर्चा बटुलिरहेको छ । यो अवधिमा युट्युवमा अपलोड भिडियोलाई पाँचलाख बढी पटक हेरिएको छ भने टिकटक तथा अन्य प्लेटफर्ममा झन् धेरै हेरिएको र सुनिएको छ । टिकटकमा पनि १ लाख ६० हजार भन्दा बढी टिकटक भिडियो बनेका छन् । भिडियो भुमिका गिरिको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

bhumika giri teej song

गीतमा गायिका भुमिकासँगै ऋषि खड्काको स्वर रहेको छ। गीतका शब्द र संगीत पनि ऋषि खड्काकै रहेको छ। तीजका रमाइला संवाद, हाँसो–ठट्टा र मौलिकपनलाई आधुनिक संगीत संयोजनसँग प्रस्तुत गरिएकाले गीतले फरक स्वाद दिएको छ।

गीतको भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको अभिनय, प्रशान्त मगरको कोरियोग्राफी तथा विनोद भण्डारीको निर्देशन रहेको छ। नेपाली मौलिक पहिरन, तीजको वातावरण र आकर्षक छायांकनले भिडियोलाई थप जीवन्त बनाएको छ।

सार्वजनिक भएको केही समयमै ‘दिम कि नदिम’का क्लिपहरू फेसबुक, टिकटक, रिल्स र सर्ट्समा व्यापक रूपमा प्रयोग हुन थालेका छन्। सकारात्मक प्रतिक्रियासँगै भुमिका गिरिको यो नयाँ प्रस्तुति यस वर्षको तीजमा चर्चित गीतमध्ये एक बन्ने संकेत देखिएको छ।