काठमाडौं । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित यो कथाले महिनावारी हुदा स्कुल पढाउनु हुदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ। साथै,२१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा देख्न सकिन्छ।
ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्। उनले एउटा हलीले नै देशको मुहार फेर्न सकिने भन्दै आफ्नो भनाई राखिन्। पूजा गुरुङले भनिन,झदेश परिवर्तन गर्नका लागि काफी छ है । यहाँ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हुदैन। निर्देशक ओम प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए।
उनले भने,झपश्चिम क्षेत्रमा महिनावारी हुदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रैछ। त्यहीँ यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ। चेतनालाई फराकिलो रुपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई हिट निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।
यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जुन दर्शकमाझ निकै लोकप्रिय पनि बन्यो। यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाई छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तीकारी शैलीको छ। जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।
यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।





८ श्रावण २०८३, शुक्रबार २२:३८ 








