दिमकि नदिम गीतलाई १० लाखले हेरेपछि भूमिका भन्छिन्ः बुस्टमा कुनै खर्च गरेकी छैन

...

काठमाडौं । पछिल्लो समय गीत युट्युवमा भ्युज नजाँदा स्पोन्सर्ड (डलर खर्च गरेर गरिने प्रमोशन) बुस्ट गर्ने गर्छन् । अपलोड गरेको छोटो समयमै धेरै भ्युज देखाउने होडबाजी नै चल्छ । यो परम्परा अझ फिल्मीगीतहरुमा बढी हुन्छ । तर अन्य गीतहरुमा पनि केहि न केहि रकम खर्च गरेर बुस्ट गरिएकै हुन्छ ।
यसैबिच दुईसाता अघि सार्वजनिक भएको तीजगीत दिमकि नदिमलाई युट्युवमा १० लाख पटक हेरिएको छ । यो गीतको प्रस्तुतकर्ता गायिका भूमिका गिरी हुन् । आज (मंगलबार) भूमिकाले रचनाकार ऋषि खड्का र भिडियोका कलाकार डोना थापासँग बसेर सेलिब्रेशन केक काटिन् । यसैबिच उक्त सेलिब्रेशनमा आर्टिष्ट खबरको टिम पनि पुगेको थियो ।

bhumika giri, dona thapa, rishi khadka

छोटो समयमै यतिधेरै भ्युज पुग्दा कतै स्पोन्सर्ड गरिएको त हैन भन्ने हाम्रो प्रश्नमा गायिका भूमिकाले १ रुपैंया पनि स्पोन्सर्डका लागी खर्च नगरिएको प्रष्ट पारिन् । ‘गीतको अडियो र भिडियो तयार पार्दा नै धेरै खर्च भइसकेको छ । गीतको भिडियो राम्रो होला भनेरै महँगा कलाकार राखिएको छ, अब फेरी भिडियोका लागी पैसा खर्च गरेरै बुस्ट गर्न सक्ने अवस्था पनि छैन र गरेकी छैन ।’ भूमिकाले भनिन् । ‘अहिलेसम्म गतिपनि दर्शकले हेरिदिनुभएको त नितान्त उहाँहरुको माया हो ।’

गीतमा भूमिकासँगै ऋषि खड्काको स्वर छ भने गीतमा संगीत पनि ऋषिकै छ । भिडियोमा डोना थापा र जुना विश्वकर्माको नृत्य छ । गीतमा संगीत संयोजन गर्नेकाम श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको भिडियोको निर्देशन गर्ने काम विनोद भण्डारीले गरेका हुन् ।

 

सम्बन्धित समाचारः