‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक, जितु नेपाल–प्रियाना आचार्यको रोमान्स आकर्षक

...

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रकार्की साइलाले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले मंगलबार पत्रकार सम्मेलनमार्फत चलचित्रको पहिलो गीतलग्यौ परानसार्वजनिक गरेको हो। सार्वजनिक गीतमा मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यको रोमान्टिक प्रस्तुति तथा उनीहरूबीचको आकर्षक केमेस्ट्री देख्न सकिन्छ।

श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा विष्णु नेपाल नेपालीको शब्द, संकेत अगस्तीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र डम्बर राईको कथामा आधारित छ। चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा लेखेका हुन्।

चलचित्रमा जितु नेपाल, प्रियाना आचार्य, शुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीको अभिनय रहेको छ। बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्।

प्राविधिक पक्षमा डम्बर राई डिओपी, नारायण गुरुङ छायाङ्कन निर्देशक, सन्देश शाह सम्पादक तथा सन्दिप डाङ्गी सहसम्पादक रहेका छन्। मुख्य सहायक निर्देशक रोजल थापा हुन् भने गीत बिष्ट र सजना थापा सहायक निर्देशकका रूपमा रहेका छन्।

चलचित्रमा दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहनेछ। गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ। त्यस्तै, सि.बि. भण्डारी प्रोडक्सन म्यानेजर, रवि केसी मेकअप आर्टिस्ट रहेका छन् भने पोस्टप्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।