‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथाले बढायो उत्सुकता

...

काठमाडौं । आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमास्टर्नीको ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले दिएको संकेतलाई ट्रेलरले थप स्पष्ट बनाउँदै आमाछोरीको भावनात्मक सम्बन्ध, संघर्ष र रहस्यपूर्ण घटनाक्रमलाई केन्द्रमा राखेको छ।

क्राइम थ्रिलरफ्यामिली ड्रामा जनरामा बनेको ट्रेलरमा छोरीको सुरक्षाका लागि एक आमाले गर्ने संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले रहस्य, सस्पेन्स र भावनालाई सन्तुलित रूपमा प्रस्तुत गर्दै चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरेको छ।

ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापाको अभिनय देख्न सकिन्छ। सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रको कथा प्रियंका कार्की जोशीले लेखेकी हुन्। पटकथा शान बस्नेतले तयार पारेका छन् भने संवाद लेखनमा प्रियंका कार्की जोशी र शान बस्नेतको सहकार्य रहेको छ।

चलचित्रका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा युवराज इन्दोरियाको छायाङ्कन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको छ। ट्रेलरको कलर राजेन्द्र मोक्तानले गरेका हुन् भने ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्।

आयंका फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको पोस्टप्रोडक्सन नेपाल र भारतमा भइरहेको छ। चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।