२२ स्कुलका बिद्यार्थीको पाटनमा आर्ट प्रदर्शन सम्पन्न

गोपिकृष्ण चापागाई / फागुन, काठमाडौं । राजधानीको पाटन म्युजीयममा चार जिल्लाका २२ स्कुलका बिद्यार्थीहरुले आर्ट  प्रदर्शन गरेका छन् । काठमाडौं, भत्तपुर, ललितपुर र सिन्धुपाल्चोकका ३ बर्ष देखी १७ बर्ष उमेरका २०० जना बिद्यार्थीले आर्ट प्रदर्शन गरेका हुन् । म्युजीयममा बिहान १० बजेदेखी ३ बजेसम्म राखिएको प्रदर्शनमा जम्मा ३० वटा आर्ट राखिएको थियो ।

‘क्रेट फर गुड’ नाम दिइएको आर्ट प्रदर्शनमा दिनभरीमा पाँचसय जनाले अवलोकन गरेको आयोजक स्पाइनी वेवलरका प्रमुख पल्लव रन्जनले आर्टिस्ट खबरलाई जानकारी दिए ।  बिद्यार्थीहरुमा भएको भित्री कलालाई बाहिर ल्याउने र उनीहरुको सिपलाई अझ फराकिलो बनाउनका लागी प्रदर्शनीको आयोजना गरीएको रन्जनले बताए । प्रदर्शनमा जोकोहिलाई अवलोकनकालागी निशुल्क आह्वान गरीएको थियो । प्रदर्शनमा सिन्धुपाल्चोकका श्री सेतीदेवि माध्यमिक बिद्यालय सहित २ बिद्यालयका बिद्यार्थीहरुले सहभागी जनाएका थिए ।

काठमाडौंको इभोलुसन हाई स्कुलका १२ बर्षिय बिद्यार्थी नित्य पौडेलले आँफुले म्युजीक सम्बन्धि आर्ट बनाएको बताए । म्युजीक आर्ट देखाउँदै नित्यले आँफुहरुले स्कुलमा बिभिन्न म्युजीकहरु सिक्ने गरेको र त्यसैलाई आर्टमा उतारेका बताए । त्यसतै सोहि स्कुलकी ११ बर्षिया कुस्मा गुम्बाले पनि सामाजिक क्रियाकलापको आर्ट देखाइन् । कुस्माले आफ्नो घर वरिपरी गरीने क्रियाकलाप जस्तै हिडडुल, सरसफाई गरेको तथा एकअर्कालाई सहयोग गरेको आर्ट बनाएको बताइन् । उनले आँफुहरुले दैनिक गरीने क्रियाकलापलाई नै आर्टमा उतारेको बताइन