नायिका नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

...

काठमाण्डौं | नायिका नीति शाह नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सरकारी निकाय नेपाल टेलिकमको फिल्म तथा मनोरञ्जन क्षेत्रतर्फको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्।

नेपालकै सरकारी संस्थाले आफ्ना मौलिक नेपाली उत्पादन तथा सेवाहरूको प्रवर्द्धनका लागि नेपाली कलाकारलाई ब्रान्ड एम्बेसडरका रूपमा अघि बढाउनु आफैंमा गर्वको विषय हो।

नेपाली कलाकारले नेपाली ब्रान्डलाई प्रतिनिधित्व गर्ने, नेपाली उत्पादन तथा सेवाको प्रचार–प्रसारमा नेपाली अनुहार र प्रतिभाको प्रयोग हुने यो अभ्यासले नेपाली ब्रान्ड, नेपाली कलाकार र नेपाली पहिचान’ लाई अझ बलियो बनाउने विश्वास गर्न सकिन्छ।

यो केवल एउटा कलाकारको ब्रान्ड एम्बेसडर नियुक्ति मात्र होइन, नेपाली कला क्षेत्रप्रति राज्यको विश्वास र नेपाली कलाकारको बढ्दो व्यावसायिक पहिचानको पनि सकारात्मक संकेत हो।