काठमाडौँ । घटना हो, २०८२ भदौ २४ गतेको । त्यो दिनको जेन्जी आन्दोलनमा जनकपुरका हेयर स्टाईलिस्ट लक्ष्मी ठाकुरले काठमाडौँको कलंकी र महाराजगञ्जमा रहेको भाट भटेनीमा आगलागी हुँदा दुई वटा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ गुमायो । जस मध्ये कलंकीको ब्युटी स्टुडियो उनले क्षती भएको केही समयपछि सञ्चालनमा ल्याएका थिए । उनै लक्ष्मीले आन्दोलनको क्रममा जेनजीबाट खरानी बनाईएको काठमाडौँको महाराजगञ्ज भाटभटेनी स्थित ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’लाई पुन निर्माण गरेका छन् । आफ्नो करोडौँको ब्युटी स्टु्डियो खरानी बनेको ठक्कै वर्ष दिनमा सोही मितिलाई स्मरण गर्दै सो ठाउँमा लक्ष्मीले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ पुन शुभराम्भ गरेका छन् ।
रिलिजको तयारीमा रहेको नेपाली चलचित्र कार्की साईला चलचित्रका अभिनेता एवम् हास्य व्यंग्य कलाकार जितु नेपाल र सोही चलचित्रकी अभिनेत्री प्रियना आचार्यले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को यो आउटलेटको बुधबार दिउँसो रिवन काटेर संयुक्त उद्घाटन गरे । लक्ष्मीको यस अघि पाँचवटा ब्रान्च सञ्चालनमा पहिलो ब्रान्चको रुपमा परिचित महाराजगञ्ज भाटभटेनीको यो स्टुयो पुन निर्माण भएको छैटौँ ब्रान्चको रुपमा सञ्चालनमा आएको हो । काठमाडौँ उपात्यका भित्र ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ बाँकी पाँच आउटलेट कोटेश्वर भाटभटेनी, पुलचोक भाटभटेनी, कलंकी भाटभटेनी, स्काईवाक कमलादी र भैसेपाटीमा हाल सञ्चालनमा रहेका छन् । आजबाट यो छैटौँ पनि सञ्चालनमा आएको छ ।
पुन निर्माणपछि पुन शुभारम्भको रुपमा आयोजना गरिएको आजको कार्यक्रममा अभिनेता जितु नेपालले आजकै दिन एक वर्ष अघि जेन्जीबाट जलाईएको आफ्नो ब्युटी स्टुडियोलाई फेरी बनाएर सञ्चालनमा ल्याउनु लक्ष्मी ठाकुरको साहसी कार्य भएको बताए । आफूले लामो समयदेखि कोटेश्वरका भाटभटेनीमा रहेको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’मा हेयर सम्बन्धि सेवा लिँदै आएको स्मरण उनले गरे । त्यति बेला त्यो सहित विभिन्न ठाउँमा यो स्टु्डियो जलेको घटनाले आफूलाई दुःखी बनाएको पनि उनले सम्झिए । त्यो जलेको मध्य एक स्टुडियोलाई नयाँ रुपमा उद्घाटन गर्न पाउँदा आफुलाई पनि उर्जा मिलेको जितुले बताए ।
यसै चलचित्र कार्की साइलाकै अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले एउटा फरक पहिचान बनाएको १७ वर्ष पुरानो महाराजगञ्जको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेको एक वर्षपछि पुन स्थापित भएकोमा खुसी व्यक्त गरिन् । यस्तै उनले आगामी ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को ५ वर्ष भित्र देशभरका सहरमा ५१ वटा शाखा खोल्ने योजना साकार होस भन्ने शुभकामना दिईन् । यो स्टुडियो आफ्नो रोजाईएको ब्युटी स्टुडियो रहेको पनि प्रियनाले बताईन् ।
मुम्बईमा हेयर डिजानरको काम गरेका लक्ष्मी ठाकुरले २७ वर्ष अघि नेपाल आएर ठमेलमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सुरुवात गरेको बताए । १७ वर्ष अघि यसको पहिलो फ्रेन्जाईज महाराजगञ्जको भाटघटेनीमा खोलेका स्मरण गराउँदै गत वर्ष जलाईएको यो स्टुडियोलाई एक वर्षमा तयार गरेर हातरमा आज उद्घाटन गरिएको जनाउँदै उनले भने, ‘भाटभटेनी आगलागीमा हाम्रा दुई वटा स्टुडियो खरानी भए पनि हामी यति बेला खरानीबाट माथि उठ्ने प्रयासमा छौँ ।’
दर्जनौ नेपाली चलचित्रमा हेयर स्टाईलिस्ट कन्सल्टेन्ट र डिजाइनरका रुपमा आफूहरुले योगदान दिएको स्मरण सुनाउँदै भाटभटेनीमाथि पोखिएको रिसको सिकार आफू भएको पनि स्पष्ट पारे । यो २७ वर्षको यात्रामा आफूले गुणस्तरीय र सुलभ रुपमा सेवा दिएकै कारण आज ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ ग्राहकको रोजाईमा परेको पनि उनले जिकिर गरे । अन्य स्टुडियो जस्तै यो स्टुडियोमा पनि हेयर, स्क्रिन, नेलसहित विभिन्न सेवा दिँदै आएको जनाए ।







२५ भाद्र २०८३, बिहीबार २२:४८ 









