काठमाडौं । नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको नयाँ एक्सन लुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा समीरलाई कसिलो तथा मांसपेशीयुक्त शरीरसहित आक्रामक एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनको यो लुकले चलचित्रमा देखाइने दमदार एक्सन प्रस्तुतितर्फ संकेत गरेको छ।
बिराज भट्ट फिल्म प्रोडक्सन (प्रा.) लिमिटेडको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता सरस्वती भट्ट हुन् भने निर्देशन बिराज भट्टले गरेका छन्। चलचित्रमा समीर र बिराजसँगै अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
यसै चलचित्रमार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले नयाँ कलाकारका रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।
चलचित्रको कथा सन्तोष सरकारको हो भने छायांकन महेश पौडेलले गरेका छन्। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जन तथा नृत्य निर्देशन रामजी लामा र सियोन श्रेष्ठले गरेका छन्। सम्पादन बान्दे प्रसादले गरेका छन्।
चलचित्रको संगीतमा युग भुसाल र डिपी खनालको संगीत रहेको छ। गीतमा सुगम पोख्रेल, निशान भट्टराई, समीक्षा अधिकारी, प्रेरणा सिंह र किरण भुजेलले स्वर दिएका छन् भने देवेन्द्र बराल म्युजिक कम्पोजर हुन्। ब्याकग्राउन्ड म्युजिक काला चरण र साउन्ड डिजाइन यम गुता गुरप्पाले गरेका छन्।
चलचित्रको ड्रेस डिजाइन ज्योती केशी, मेकअप डिके हमाल, हेयर डिजाइन मेघा शाही तथा कलर प्रकाश रुद्रले गरेका छन्। टिजर सन्देश शाहले तयार पारेका हुन् भने आर्टमा अक्की थेक्पा र राजेश लेप्चा रहेका छन्।
काफिया फिल्म्स र कुबेर सिनेमले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर आरटी इन्टरटेन्मेन्ट (RT Entertainment) रहेको छ। चलचित्र आगामी असोज ३० गते अर्थात् अक्टोबर १६, दशैंको फूलपातीका अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।







२७ भाद्र २०८३, शनिबार १४:३३ 









