चैत, काठमाडौँ । सन्थाल जातीको बिषयमा निर्माण भएको पहिलो चलचित्र ‘बोनोदल’ ले भारतको झारखण्डमा सम्पन्न भएको विशेष फिल्म फेस्टिबलमा उत्कृष्ट १० मा पर्न सफल भएको छ । चलचित्र सहभागी ५६० फिल्महरुमा सेलेक्टेड १० मध्येमा छानिएको हो । सन्थालको बाहुल्यत रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको चलचित्र ‘बोनोदल’ हेरेपछी जुरिहरुले निर्देशक लगायत फिल्मको तारिफ पनि गरेका छन् ।

चलचित्र सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देशक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए । ‘मैले पाएको यो सफलताले मेरो मात्र हैन देशको नाम पनि मैले विश्वमा चिनाउने मौका पाएको छु ।’ झारखण्डको यो फिल्म फेस्टिवल पनि अन्तर्राष्ट्रियस्तरको भएको उनले बताए ।

क्षेत्रिय चलचित्र र म्युजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन् । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतीवडाले बताए । ‘सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनको अध्यायन पछि मात्रै चलचित्र बनाएको हुँ’ खतिवडाले भने, ‘चलचित्रले सन्थाल समुदायमा विद्यमान ‘माझिहडम’ प्रथा प्राथमिकता राखेको छ ।’ सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् । सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको समेत अभिनय बोनोदलमा रहेको छ ।