कमलपोखरीलाई विश्व सामु चिनाउन विशेष साँस्कृतिक कार्यक्रम हुने

चैत, काठमाडौं ।

राणी सती सेवा संघको स्थापना भएको रजत जयन्तीका अवसरमा विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । विहिबार आयोजित एक कार्यक्रमबीच संघले उक्त जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष अजय जालानले राणी सती मन्दिर झूंझनुको सहकार्यमा ‘नारायणी नमो नमो’ कार्यक्रम काठमाडौंको ऐतिहासिक महत्व बोकेको प्राकृतिक कमलपोखरीलाई विश्व सामु चिनाउन र पयर्टक आर्कषण गर्नका लागि पनि यो कार्यक्रम गर्न लागेको बताए । कार्यक्रममा भारतको राजस्थानबाट आएका कलाकार र नेपाली कलाकारको विशेष प्रस्तुती रहने छ । यस रजत जयन्ती अवसरमा महा सोभायात्रा, गण गौर उत्सव तथा दीपो उत्सव गर्न लागिएको जानकारी गराए ।

यस उत्सवलाई यति बेला कमल पोखरीलाई बेहुली झैं सिङ्गारिएको छ । दुई दिवशिय विशेष कार्यक्रममा पशुपति नाथ, हनुमान, श्याम बाबा, दुर्गा माता र राणी दादीको विविध झाँकी तथा ध्वजा र विभिन्न प्रकारका बाजा गाजा सहित ५ सय ५१ नारीहरु द्वारा विशाल कलश यात्राको पनि आयोजना गरिएको बताईएको छ । यसका लागि सवैको साथ सहयोगको अपेक्षा राखेको भन्दै कलश यात्रा सुरज आर्केडबाट कमल पोखरीमा रहेको अग्रवाल भवनसम्म गरिदै छ ।

अन्य कार्यक्रममा गणगौर उत्सव, दीप उत्सवलगायत भजन किर्तनको कार्यक्रम रहेको कार्यक्रमका संयोजक श्रवणकुमार संघाई बताए । कार्यक्रमको लागि भारतबाट ३ सय ५० भन्दा बढीको सहभागी रहने भारतबाट आएका उदय जलानले बताए ।