आर्टिस्ट फष्टमा मनोज गजुरेलः पहिलो तलब १२ सय, पहिलो क्यारीकेचर गणेशमानको (भिडियो)

गोपिकृष्ण चापागाई / चैत, काठमाडौं ।

नेपालमा हाँस्य ब्यंग्यले पनि ठुलो ठाउँ ओगटेको छ । नेपालमा पनि हाँस्य ब्यंग्यमै जीवन बिताउने थुप्रै सेलिब्रेटीहरु छन् । पछिल्लो समय हाँस्य व्यंग्यमै आफ्नो करियर देख्ने पुस्तापनि धेरै छन् । यसैबिच हाँस्यब्यंग्यमै आफ्नो करिअर बनाएका नेपालका चर्चित कमेडियन हुन् मनोज गजुरेल । मनोजलाई कतिले क्यारिकेचरका राजा पनि भन्ने गरेका छन् । मनोजले नेपाली राजनिति क्षेत्रका थुप्रै नेताका क्यारिकेचर गर्छन् त्यस्तै समसामाहिक बिषयलाई ब्यांग्यात्मक शैलीमा प्रस्तुत गर्नसक्नु उनको मुख्य बिशेषता हो ।

ताप्लेजुङमा जन्मिएका मनोजले आँफु ७ बर्ष हुँदा देखीनै कलाकारितामा प्रवेश गरेको बताउँछन् । सानैदेखी ठट्ठा गर्ने बानीले आज कमेडियन बनाएको बताउँने मनोजले घरमा पनि कहिल्यै सिरियस नहुने बताउँछन् । सधैं जहिले पनि जहाँपनि हँसिलो मुद्रामा देखिने मनोज गजुरेलले आर्टिस्ट खबरको ‘आर्टिस्ट फष्ट’मा आफ्नो पहिलो—पहिलो कुरा यसरी सेयर गर्छन् ।

पहिलो घरः

मेरो पहिलो घरको कुरा गर्दा ताप्लेजुङ जिल्ला मामाखे गाबिस वडा नं. ४, अंगेरी पाखाको भण्डारी बारीमा पर्छ ।

पहिलो स्कुलः

मैले पहिलो पटक पढेको स्कुल भनेको श्री गणेश मा.वि. ताप्लेजुङको जहाँ सिसु कक्षामा मात्र पढेँ । मेरो पढाई अलि फरक छ किनकी समयले गर्दा म प्रत्येक कक्षा—कक्षामा फरक फरक स्कुलमा पढेँ. । सिसु कक्षा श्री गणेश मा.वि. पछि कक्षा १ पढेँ भगवती प्रा.वि.डुँडाबारीमा, कक्षा २ पढेँ बिद्योदय प्रा.वि. दमक, कक्षा ३ पढेँ फाद्य प्रा.वि. डुँडाबारी, कक्षा ४ पढेँ राष्ट्रिय रमणिय मा.वि. डुँडे, कक्षा ५ पढेँ लक्ष्मण नारायण नि.मा.वि. धरमपुर, कक्षा ६ पढेँ डिबिटी मेमोरियल बोडिङ स्कुल केर्खा, कक्षा ७ पढेँ पञ्चायत नि.मा.वि. पत्री, कक्षा ८ पढेँ हिमालय मा.वि. दमक र कक्षा ९ र १० पढेँ काठमाडौंको पद्यमोदया स्कुल ।

पहिलो अभिनयः

मैले पहिलो पटक अभिनय गरेको भनेको म ७ बर्षको थिएँ, कक्षा २ मा पढ्दैगर्दा ड्रामा गरेको थिएँ । झापाको डुँडाबारीमा एउटा ड्रामामा सानो भुमिका निभाएको थिए । मात्र २ वटा शब्द बोल्नुपर्ने थियो । म छोरा बनेको थिएँ, बुबाको भुमिका निभाउनेले ‘कान्छा त्यहाँ सलाई छ लेले’ भन्नु हुन्थ्यो मैले चाँही ‘कहाँ बाँ ?’ भनेर प्रश्न गर्नुपर्ने थियो । त्यो नै पहिलो अभिनय हो ।

पहिलो कमेडीः

मैले गाउँघरमा सानो सानो कार्यक्रमहरुमा जाने हँसाउने छ गथेँ तर स्टेज कमेडी भनेको कक्षा ८ मा पढ्दा झापाको दमकमा एक स्टेज कार्यक्रममा कुमुमे रुमालको गीतलाई ‘रक्सी’ बोलको गीत बनाएर प्यारोडी गाएको थिएँ । त्यो नै मेरो पहिलो कमेडी हो । त्यहाँ प्रतियोगीता थियो, त्यो प्यारोडीले नै म फष्ट भएको थिएँ । त्यसपछि म काठमाडौं आएको हुँ ।

पहिलो रेडियो कार्यक्रमः

म जब कक्षा ९ मा पढ्नका लागी काठमाडौं आएँ त्यसपछि १ बर्ष कुनैपनि कमेडी कार्यक्रमहरु गर्ने माहोल मिलने । जब १० कक्षामा पढ्दै थिएँ त्यो बेलामा रेडियो नेपालमा बासुदेव मुनालले चलाउने बालकार्यक्रममा जान थालेँ ।

पहिलो पटक टेलिभिजन हेरेकोः

मैले पहिलो पटक झापाको दमकमा टिभि देखेको हुँ । पहिलो पटक नै ‘साहेन्सा’ हिन्दी फिल्म हेरेको हुँ । त्यो बेलामा टिभि भन्ने बित्तिकै यति धेरै ठुलो लाग्थ्यो ।

पहिलो पटक आँफुलाई टेलिभिजनमा देखेकोः

मैले आँफुलाई पहिलो पटक टेलिभिजनमा देखेको भनेको एउटा बाल कार्यक्रममा गएको थिएँ।  जिवनाथ धमलाले नेपाल टेलिभिजनमा बाल कार्यक्रम चलाउनु हुन्थ्यो त्यो कार्यक्रममा गएको थिएँ । त्यो कार्यक्रममा कविता भनेको थिएँ । त्यसपछि आँफुले पहिलो पटक टेलिभिजनमा कार्यक्रम चलाएको भनेको नेपाल टेलिभिजनमै दिउँसोमा ‘डे टिभि’ कार्यक्रम निर शाहले चलाउने गर्नुहुन्थ्यो । त्यसभित्र ‘रमाइलो सांग्रिला’ कार्यक्रम चलाउने गर्दथेँ । त्यहाँ पनि कमेडी नै गर्ने गर्दथेँ ।

पहिलो कमाईः

म एसएलसी दिइसकेपछि काठमाडौंमा सेल्स मेन बनेर माकेटिङ गरेँ । रिक्सा चलाउने एउटा हुन्थ्यो मैले त्यसमा सामान बेच्ने गथेँ । त्यो बेलामा महिनाको १२ सय तलब थियो त्यो नै पहिलो कमाई हो ।

पहिलो कमेडीबाट कमाई

राजधानीको पुतलीसडकमा शम्भु राईको स्टुडियो थियो, त्यहाँ एक राजनिति सम्बन्धि एक ब्यांग्यात्मक अडियो बोल्नु पर्ने थियो त्यो बेलामा मलाई खाममा हालेर ५ हजार दिनुभएको थियो त्यो नै कमेडीबाट भएको पहिलो कमाई हो ।

पहिलो मोबाईलः

मैले पहिलो पटक मोबाईल हैन ‘कडलेस’ बोकेको थिएँ । म बसेको भन्दा केहिपर टावर राखेको थियो । नजिक नजिक मात्र टावर टिप्ने गथ्र्यो केहि समय ‘कडलेस’ नै बोकेँ पछि सोनिइरेक्सन बोकेँ ।

पहिलो प्रेम

प्रेममै परिएन ।

पहिलो सन्तान

छोरा निरोज गजुरेल अहिले १८ बर्ष पुगे । अन्तिम चाँही मेमोरी गजुरेल १२ बर्षकी पुगिन् ।

पहिलो बिदेश यात्रा

कार्यक्रमकै लागी पहिलो बिदेश यात्रा हङकङ हो । फार इस्टन नेप्लिज एसोसिएसनले आयोजना गरेको नेपाली कार्यक्रमका लागी गएको थिएँ ।

पहिलो क्यारीकेचर

मैले पहिलो पटक क्यारीकेचर गरेको भनेकै नेता गणेशमानको हो । अहिलेको पुस्ताले त गणेशमानलाई धेरैले बिर्सिसकेका छन् । बि.स. २०४५ सालमा उहाँको क्यारीकेचर गरेको थिएँ ।

आटिस्ट फष्टमा हाँस्य कलाकार मनोज गजुरेल ।