चैत, काठमाडौं । नेपाली हाँस्य ब्यंग्य क्षेत्रका चर्चित आर्टिस्ट केदार घिमिरे (माग्ने बुढा) यतिखेर डिप्रेशन रोगका कारण उपचार गराईरहेका छन् । करिब एकबर्ष यता उनी पुर्णतः कमेडी क्षेत्रबाट टाढा छन् । सुरुवातमा अल्सरको उपचार गरीरहेका केदारलाई पछि डिप्रेशन हुन पुग्यो । यसैबिच आर्टिस्ट केदार घिमिरेसँग हामीले उनको स्वास्थ्य स्थितिसँग सम्बन्धित रहेर केहि प्रश्न गरेका छौं ।

तपाईलाई अहिले कस्तो छ ?

पहिले भन्दा केहि कम त भएको छ तर धेरै गाह्रो नै छ अहिलेको स्वास्थ्य स्थिती ।

औषधी खाई रहनुभएको छ ?

हजुर खाईरहेको छु । पहिले केहि समय औषधी खाएँ, निको भएजस्तो लागेको थियो र औषधी खान छोडियो त्यसपछि त झन् गाह्रो हुन थाल्यो । फेरी अहिले औषधी खान थालेको छु ।

डिप्रेशनको बिरामी हुँदाको पिडा के हुन्छ ?

यो डिप्रेशन अन्य रोग जस्तो रहेनछ । आँफैलाई पनि थाहा हुँदैन कि के हुँदैछ भनेर । भर्खरै गाह्रो हुन्छ, भर्खरै सहज हुन्छ, भर्खरै एकदम दुखी हुन्छु, भर्खरै खुसी । यो धेरै अचम्मको रोग रहेछ । घरि घरि भुँईचालो आएजस्तो हुन्छ, भित्र भित्र धेरै त्रास हुन्छ । बेलाबेलामा हात खुट्टा काप्छ । दिक्क लाक्छ, एक्लै बस्न मन लाग्ने, कसैसँग बोल्न मन नलाग्ने हुन्छ ।

तपाईलाई भुँईचालोले यस्तो भएको हो की ?

खै त्यो त यहि कारणले भन्न त सक्दिन तर पहिला भुईचालाको सानो सानो धक्का आउँदा पनि मलाई पहिल्यै थाहा हुन्थ्यो । धक्का आईसकेपछि समाचार आउँदा साथीभाईले बल्ल थाहा पाउँथे मैले पहिला नै थाहा पाउँथे । अहिलेपनि कता कता भुकम्प आएजस्तो हुने, गाह्रो हुने, एकदम त्रास हुने हुन्छ ।

अहिले बाहिर तिर हिड्दा सवारी चलाउन सक्नुहुन्छ ?

नाई सक्दिन ।

अहिले पनि अस्पताल गईरहनु हुन्छ ?

अँ जान्छु । त्रिपुरेश्वरको अस्पतालमा चेक गरीरहेको छु । त्यहाँ महिना—महिनामा पुग्छु चेकअप गराउँछु । केहि फेरबहल छ भने डाक्छरले औषधी दिनुहुन्छ ।

सरकार तथा अन्य क्षेत्रबाट सहयोग गर्नुभएको छ कि नाई ?

कलाक्षेत्र सँग सम्बन्धि धेरै संस्था तथा सरकारबाट पनि सहयोग गर्छौ भन्नु भएको थियो । तर मैले नै पर्दैन भनेँ । किनकी त्यति धेरै खर्च लाग्ने होइन त्यसैले पनि अहिले पर्दैन भने ।

धेरै समय भयो कमेडी क्षेत्रबाट टाढा रहनुभएको, अब कमेडीमा कहिले आउनु हुन्छ ?

अहिले नै त यो दिन आउँछु भन्न सक्दिन । तर अहिलेसम्म्को स्वास्थ्य स्थितीको अनुसार कमेडी क्षेत्रमा आउँने आँट नै छैन । भोलीको दिनमा निको भएपछि त पक्कै आईहाल्छु ।

अन्तिममा, दर्शकलाई केहि भन्नुहुन्छ ?

अन्त्यमा, मलाई राम्रो होस भनेर शुभकामना दिनुहुने सम्पुर्ण दर्शकलाई धेरै धेरै धन्यवाद भन्छु ।