‘पोख्रेली कान्छी’ सपनालाई कसले नजर लायो ? (भिडियो)

चैत, काठमाडौं । गायक रिदम राईले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । रिदमकै लय तथा शब्दमा ‘पोख्रेली कान्छी’ बोलको आधुनिक गीत बजारमा आएको हो । आधुनिक गायक क्षेत्रमा उदाउँदा गायक रिदमले पोखराको परिवेशलाई गीतमा उतारेको बताउँछन् । गीतबाट पोखराको रहनसहन र यथार्थलाई बाहिर ल्याउन खोजिएको उनको भनाई छ ।

मिलन कार्कीले निर्देशन गरेको उक्त गीतको भिडियो सन्तोष ढकालले खिचेका हुन् । भिडियोमा सपना पन्तको साथमा कमल बुढाथोकीको अभिनय रहेको छ । करिब दर्जन गीतहरुमा अभिनय गरीसकेकी मोडल सपनाले यस गीतले आँफ्नो करियरमा ठुलो सहयोग गर्ने आशा लिएको बताइन् । यसअघि आँफुले अभिनय गरेका अन्य गीतहरुपनि दर्शकले मन पराउनु भएको तर धेरै दर्शक तथा स्रोताले चिन्ने गीत अहिले बनेको भन्दै उनी यसगीतबाट आशावादी रहेकी छिन् । गीतलाई परेली फिल्मस्ले बजारमा ल्याएको हो ।   गायक रिदमले यस अघि ‘अद्रिस्य मनको घाउ’, ‘जिन्दगीका सारा खुसि’ , ‘नक्कली लाई’ लगायतका गीत बजारमा आइसकेका छन् ।