जन्मदेखी नै संसार नदेखेका भिमको यस्तो गायन कला

चैत, काठमाडौं ।

यो विचित्र संसार देख्ने कसलाई रहर हुँदैन  र ? संसार हेर्ने इच्छा भएपनि भाग्यको खेल भनौं या दैवको नियति, यहाँ धेरैले दृष्टिविहिन भएर बाँच्नु परेको छ। कतिले यस अवस्थालाई जिन्दगीको चुनौतीको रुपमा लिँदै बाच्ने गर्छन त कतिले विवशता र बाध्यताको रुपमा  जिवनलाई स्वीकार्दै आएका छन्।यस्तै दृष्टिविहीन हरुको जमातमा एक हुन् गायक भिम बहादुर वि.क.।

जन्म देखिनै आँखा नदेखेका उनले यो नदेखिएको संसारमा आफ्नो अलग पहिचान बनाएका छन्। रोल्पामा जन्मेका उनी अहिले आफ्नो  गायनकलासंगै अघि बढिरहेका छन्।

उनी कहिले बाटोको छेउमा बसेर गीतको कला सर्वसाधारणलाई देखाउँछन् त कहिले मेलामहोत्सवमा आफ्नो प्रतिभा देखाउँदै आइरहेका छन्।उनको गीत पनि बजारमा आइसकेको छ। यति मात्रै नभई आफ्नो गायनकला संगसंगै विभिन्न क्षेत्रका अपांग तथा दृष्टिविहिन हरुलाई प्रेरणाका साथ अन्य सहयोगको कार्यमा पनि अग्रसर रहेका छन्। साथै उनी अपाङग अधिकारकर्मी को रुपमा अपाङग, अशक्त तथा दृष्टिविहीनहरुको अधिकारका लागि लड्दै आएका छन्। उनी रोल्पाका अपाङग समन्वय समिति गाविस अध्यक्ष तथा नेपाल नेत्रविहिन संघ जिल्ला कार्यसमिति रोल्पाको  उपाध्यक्षको रुपमा काम गर्दै आएका छन्।

यसरी अशक्त भएपनि सामाजिक कृयाकलापमा लागिपरेका भिम सरकार संग भने निकैनै गुनासो रहेको बताउँछन्। अपांग तथा अशक्त हरुको लागि भनेर खोलिएका संघसंस्था तथा सरोकारवाला हरुबाट आफुले कुनै सेवा सुविधा नपाएको उनी दुखेसो पोख्छन्। कतिपय स्थानहरुमा उनीहरुको लागि भनेर आएको दान तथा सहयोग पनि उनीहरुले नपाउने गरेको उनी बताउँछन्। साथै समाजमा अझैपनि अपाङगलाई गर्ने भेदभावको अन्त्य नभएको बताउँछन्।

उनी भन्छन्- 'अहिलेसम्म संसार कस्तो छ भन्ने मेरा आँखाले त देखेका छैनन् तर मनको आँखाले देखेको छु' । उनले आफ्ना गितहरुमा पनि यस्तै प्रकारका भावना हरु प्रस्तुत गरेका छन्।

केही समयअघि नुवाकोटको महोत्सवमा उनले दिएको गायन प्रस्तुति यस्तो रहेको छ ।