चैत,काठमाडौं।

भारतकी चर्चित क्लासिकल सिंगर किशोरी अमोणकर को ८४ वर्षको उमेरमा निधन भएको छ। केही समय अघि देखि बिरामी रहेकी उनको मुंबई स्थित घरमा निधन भएको भारतीय मिडियाले जनाएको छ।उनको परिवारले उनको मृत्युको खवर मिडियालाई दिएको थियो।

हिंदुस्तानी क्लासिकल म्यूजिकमा चिरपरिचत उनको जन्म १० अप्रिल १९३२ मा भएको थियो। अल्लादिया खान साहब संग गायन कला सिकेकी किशोरीकी आमा मोगुबाई कुर्दीकर पनि चर्चित गायिका थिईन्।

संगीतिक क्षेत्रमा योगदान दिएबापत उनलाई १९८७ मा पद्म भूषण तथा २००२मा पद्म विभूषण अवार्ड बाट सम्मानित पनि गरिएको थियो।उनको निधन पश्चात गायिका लता मंगेसकरले ट्वीट गर्दै लेखेकी छिन्-''उनी एक असाधारण गायिका थिइन्। उनको निधनले संगीत जगत लाई निकै ठुलो हानी पुगेको छ। ईश्वर उनको आत्मालाई शान्ति देउन्।'' एजेन्सी