कृष्ण धरावासीको कृति ‘लीलाबोध’ बजारमा

चैत, काठमाडौं।

नेपाली साहित्य जगतका चर्चित साहित्यकार कृष्ण धरावासीको २८ औं कृति 'लीलाबोध' सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा परिचर्चा कार्यक्रमको आयोजना गर्दै लेखक धरावासी, कवि बैरागी काइँला र समालोचक सन्जिव उप्रतीले  पुस्तकको विमोचन गरेका थिए।

लीलालेखनको सैद्धान्तिक पक्षलाई व्याख्या गरिएको यस कृतिमा लीलालेखनको प्रस्तावना, इतिहास, सैद्धान्तिक मान्यता र लेखन प्रविधिबारे चर्चा गरिएको छ।  कार्यक्रममा पुस्तकको बारेमा बताउँदै लेखक धरावासीले लीलालेखन र लीलाबोध सुरु भएको धेरै समय भए पनि यस विषयमा सबिस्तार जानकारी दिने पुस्तक नभएकाले आफूले लामो समयमा यो पुस्तक तयार पारेको  बताएका छन्। साथै उनले लीलालेखनले पश्चिमी उत्तरआधुनिकतावाद का अधिकांश मान्यतालाई आत्मसाथ गर्दै पूर्वीय दर्शन र मान्यतालाई पुस्तकमा समेटेको बताएका छन्।

पुस्तकलाई पैरवी बुक हाउसले प्रकाशन गरेको छ।