<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।</b></pre><p style="text-align: justify; "> कंगना रनावत स्टारर फिल्म 'क्वीन' को सफलता पछि यस फिल्मका निर्देशक विकास बहलले निकै तारिफ कमाए। फेंटम फिल्म्सका पार्टनर समेत रहेका उनको विरुद्ध यतिवेला भने छेडछाडको आरोप लागेको छ। भारतीय मिडियामा आएको खवरअनुसार उनको सहकर्मीले उनलाई छेडछाड गरेको आरोप लाएपछि उनलाई अहिले फैंटम फिल्म्सबाट बाहिर निकालिएको छ्। उनको सहकर्मीले केही महिना अघि गोवा ट्रिपको दौरान विकासले सताएको आरोप लाएकी थिईन्। यो कुरा बाहिर आएपछि उनलाई फैंटम फिल्म्सका मालिक अनुराग कश्यप, मधु मंटेना, विक्रमादित्य मोटवानी र प्रोडक्शन हाउस का पार्टनर रिलायंस इन्टरटेनमेंट मा पठाइएको थियो। यतिवेला यस मामला को बारेमा जाँच गर्नका लागि कमिटि बनाइएको छ। </p><p style="text-align: justify; ">विकासले भने यस आरोपको खन्डन गरेका छन्।उनले भनेका छन् -'यस्तो केही पनि होइन। म अझै पनि कम्पनि चलाइरहेको छु। यस्तो किसिमको कुनै सिकायत म संग भएको छैन्। साथै जुन महिलासंग गोवामा जवरजस्ती गरेको कुरा भएको छ उनी मेरी कर्मचारी होइनन्। हामी एक असल साथी हौं। र हामीले एकसाथ काम गरेका छौं। म उसलाई सोध्न चाहन्छु कि के मैले कहिल्यै आफ्नो सिमा नाघेँ? यदि यस्तो लाग्छ भने म उनी संग बसेर कुरा गर्नेछु। मेरो कारण उनलाई पिडा परेको भएमा उनी संग माफी माग्ने छु'। एजेन्सी</p><div style="text-align: justify; "><br></div>