<pre><b>चैत काठमाडौं। </b></pre><p><p style="text-align: justify;">नेपाली चलचित्र क्षेत्रका पुराना कलाकार दिपक क्षेत्री यतिवेला विरामी अवस्थामा छन्। विगत केही समयदेखि घाँटीमा मासु पलाएर बोली बन्द हुने अवस्थामा पुगेका उनी अहिले आर्थिक अभावका कारण उपचारका लागि सहयोग जुटाईरहेका छन्। उनको उपचारका लागि चलचित्र पत्रकार संघ नेपालले सहयोग अभियान चलाएको छ भने यसका साथै विदेशमा हुने नेपालीहरुले पनि सहयोग रकम पठाइरहेका छन्। <br>यसैबीच हालै अमेरिकामा रहेका कलाकर्मीहरुले संयुक्त रुपमा रकम संकलन गरी सहयोग पठाएका छन्। कलाकर्मीहरु जल शाह,दिलिप रायमाझी, अनुपमा प्रसाई,सज्जा मैनाली,राज वल्लभ कोइराला,अरुणिमा लम्साल लगायत २८ जनाको समुहले समग्रमा करिब तीन लाख ४० हजार रकम पठाएका छन्। उनीहरुले दीपक छेत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो देश , कलाकारिता र कलाकर्मीलाई साथ दिन कुनै भुगोल र सीमानाले नरोक्ने विश्वास रहेको व्यक्त गरेका छन्।</p></p>







२९ चैत्र २०७३, मंगलवार ०७:०४ 








