शो मा अश्लील मजाक गरेको भन्दै सिद्धुविरुद्ध मुद्दा

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">'द कपिल शर्मा' शो वाट सुनील ग्रोवर निस्किएपछि कपिल &nbsp;शर्मा शो बचाउनका लागि निकै कोशिश गरिरहेका छन्। यसका लागि उनी अचेल अश्लील तथा दोहोरो अर्थ लाग्ने जोक्सहरुको सहारा लिन पनि चुकेका छैनन्। यसमा उनलाई &nbsp;नवजोत सिंह सिद्धू पनि साथ दिइरहेका छन्। जसका कारण अहिले सिद्धुविरुद्ध मुद्दा परेको छ। भारतीय मिडियाका अनुसार पंजाब र हरियाणा हाईकोर्टका वकील एचसी अरोराले शोमा भद्धा मजाक गरेको भन्दै उनीमाथि मुद्धा हालेका हुन्। उनले शनिवार को द कपिल शर्मा शोमा &nbsp; कपिलको कमेडी र सिद्धूको जोक्स &nbsp;भद्दा तथा दोहोरो अर्थ लाग्ने खालको भएको बताएका छन्। उनले सिद्धुको यस्तो व्यवहार इंडियन पेनल कोड को विपरित भएको जनाएका छन। एजेन्सी</p>