बादशाह र हनी सिंह एक अर्का संग नबोल्ने -कारण यस्तो

चैत काठमाडौं।

बलिउडमा निकैनै चर्चा कमाएका सिंगरहरुमा पर्छन बादशाह र हनी सिंह। एक पछि अर्को गर्दै हिट गित दिएर उनीहरुले म्यूजिक इंडस्ट्रीमा आफ्नो खास पहिचान बनाएका छन्। इन्डियन म्युजिक इंडस्ट्रीमा उनीहरुले कैयौं गित एक साथ गाएका पनि छन्।  कुनै समयमा गहिरो दोस्ती रहेका उनीहरु अचेल भने एक अर्काको प्रतिस्पर्धीको रुपमा चिनिन थालेका छन्। उनीहरु अहिले एक अर्का संग बोल्ने पनि गर्दैनन्। गत वर्ष एक प्राइभेट पार्टीमा उनीहरु विच झगडा परेको थियो। जसका कारण उनीहरुविच सम्बन्ध राम्रो नभएको मिडियाले जनाएको छ। यसैवीच पछिल्लो समय हनी सिंह को निष्कृयताका कारण पनि बादशाहले चर्चा कमाएको पनि मान्न थालिएको छ। हालै भारतीय मिडियालाई दिएको अन्तरवार्ताको क्रममा बादशाहले आफ्नो प्रतिस्पर्धी अर्थात हनी सिंह संग जोडिएका कुरा बताएका छन।
हनी सिंहलाई आजकल काम नमिल्नुको बारेमा सोध्दा बादशाहले बताएका छन -''जसको भाग्यमा जे लेखेको हुन्छ उसलाई त्यही मिल्छ्। कोही कसैको भाग्य छिन्न सक्दै्रन्। हनी सिंह अचेल सक्रिय छैनन यसकारण उनी काम गरिरहेका छैनन्। म सक्रिय छु र म काम गरिरहेको छु। भोलि कोही अरुले मलाई रिप्लेस गर्न सक्छ्। दुख त यसमा छ कि उनी हाम्रो आसपास छैनन्। म आशा गर्छु कि उनी छिट्टै काममा फर्किनेछन्।'' एजेन्सी