एन्जल लर्डद्वारा चार श्रष्टा को सम्मान

बैशाख, काठमाडौं।

लोक सांस्कृतिक क्षेत्रमा योगदान गर्नेहरुको सम्मान गर्दै  एन्जल लर्ड एकेडेमीले मौलिक लोक सांस्कृतिको क्षेत्रमा काम गर्ने चार श्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ साहित्यकार तथा लोक संस्कृतिविद प्राध्यापक तुलसी दिवसले लोक गायिका हरिदेवी कोइराला, कल्पना योङ्हाङ, मुनु नेम्वाङ र जिग्मेछ्योकी घिसिङलाई सम्मान गरेका हुन् ।

एकेडेमीले कोइरालालाई नेपाली लोक गीत संगीतमा अतुलनीय योगदान दिए बापत ,योङहाङलाई नेपाली ढाका कपडाको प्रवर्द्धन र बिस्तारमा महत्वपूर्ण योगदान दिए वापत सम्मान गरेको हो । त्यसैगरी नेम्वाङलाई पालम, हाक्पारे, ख्याली तथा अन्य लोकगीत गाएर नेपाली लोक गीतसंगीतलाई अझ समृद्ध बनाउन योगदान दिएकामा र घिसिङलाई उदयमान बालप्रतिभाका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक दिवसले नेपाली लोक संस्कृति नै नेपालीहरुको मुल पहिचान भएको बताए । उनले लोक संस्कृतिको विकासमा श्रष्टा र सर्जकहरुले महत्वपुर्ण भुमिका रहेको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष राजकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय प्रमुख टंक लिम्बुले वर्तमान शिक्षाको बारेमा प्रकाश पार्दै विद्यालयको गतिविधि तथा भावी योजनाका बारेमा चर्चा गरेका थिए ।