बैशाख, काठमाडौं ।

अहिले नेपाली चलचित्रक्षेत्रमा बढी ब्यस्त र रुचाइएका अभिनेता हुन् दयाहाङ राई । उनले अभिनय गरेका अभिकांश चलचित्रहरुलाई दर्शकले मन पराएका छन् । उनका मात्रै बर्षमा आधादर्जन भन्दा बढी चलचित्र रिलिज हुन्छन् । साथै सबै चलचित्रले राम्रै ब्यापार पनि गरेको पाइन्छ ।

पछिल्लो ६ बर्षयता उनको ब्यस्तता निकै बढेको छ । थिएटरबाट अभिनय यात्रामा आएका दयाहाङलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरु बिच हानथापनै पर्छ । दिनहुँ अभिनयकै काममा ब्यस्त रहने अभिनेता दयाहाङ राईले आफुलाई केहि समयका लागी चलचित्रक्षेत्रबाट ब्रेक लिन मन लागेको बताएका छन् ।

केहिसमय बिश्राम लिन चाहान्छन् दयाहाङ

अभिनय क्षेत्रमा आउने अभिनेता तथा अभिनेत्री जो कोहिलाई पनि एकपछि अर्को चलचित्रको अफर आईदिए हुन्थ्यो र अभिनयमै ब्यस्त भइरहन पाए हुन्थ्यो भन्ने हुन्छ तर दयाहाङ भने अहिले अभिनयबाट बिश्राम लिन चाहान्छन् । उनले बिश्राम लिन चाहेको कारण उनको अत्यधिक ब्यस्तता हो ।

दयाहाङले बताए अनुसार उनलाई अभिनयकै लागी दौडधुप गर्दा केहिसमयका लागी फ्रेस हुन मन लागेको छ । दैनिक ‘अभिनय अभिनय अभिनय’ भनेर कुदिरहदा आफैलाई ‘बोर’को अनुभुति भएको उनले बताएका छन् । ‘केहि समय यो अभिनय क्षेत्रबाट धेरै टाढा हुन चाहान्छु, लगभग ४/५ महिना नै अभिनयमा ग्याप गर्न पाए फ्रेस हुन सकिन्थ्यो ।’, दयाहाङले भने ।

दयाहाङले अभिनय गरेका तिनवटा चलचित्र तयारी अवस्थामा छन् । उनले ‘लाल्टिन’, ‘ह्याप्पी डेज’, ‘तान्द्रो’ चलचित्र छायांकन सकेर बसेका छन् । साथै केहि दिन अघिमात्रै दयाहाङको मुख्य भुमिकामा रहने गरि चलचित्र ‘नेप्टे’को पनि घोषणा गरिएको छ । त्यस्तै उनकै अभिनयमा रहने गरि ‘मिस्टर झोले’ को पनि बिहिबार शुभ मुर्हत गरिएको छ ।