<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउडमा बाहुबलीलाई कटप्पाले मार्नुको कारण जान्नका लागि दर्शकहरु निकै पर्खाइमा रहेका छन्। तर रिलिज हुने समय आउने क्रममा फिल्म विवादमा परेको छ। फिल्मका कटप्पाको रोल प्ले गरेको सत्यराजले दिएको वर्षौं पुरानो वयानले अहिले फिल्ममा विवाद ल्याएको छ। कटप्पाले करिब ९ वर्ष अघि तमिलनाडु र कर्नाटकसँग जोडिएको कावेरी नदी विवादको क्रममा कन्नड विरोधी बयान दिएका थिए ।जसका कारण अहिले कर्नाटकमा फिल्मको विरोध भइरहेको छ। </p><p style="text-align: justify; ">फिल्मका निर्देशक एस एस राजामौलीले ट्वीटरमा भिडियो पोष्ट.गर्दै यस विवादबाट फिल्म संग सत्यराजको बयान को कुनै सक्बन्ध नरहेको बताएका छन्। उनले सत्यराजको व्यक्तिगत विचारका कारण मानिसहरुमा चोट पुगेको भएपनि यो विषय फिल्मसंग सम्बन्धित नभएको मा स्पष्ट हुन आग्रह गरेका छन्। उनले सत्यराजको कारण कर्नाटकमा फिल्मको प्रर्दशन रोक्नु उचित नभएको भन्दै यसबाट सत्यराजलाई कुनै असर नपर्ने बताएका छन्। एजेन्सी</p><div><br></div>