<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">भारतको चर्चित टिभी शो 'द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज' ८ वर्ष पछि फेरि प्रसारण हुने भएको छ। यसै शो मार्फत बलिउड स्टार अक्षयकुमार फेरि एकपटक छोटो पर्दामा देखिने भएका छन्।बलिउडका खेलाडीको रुपमा चिनिएका अक्षयकुमारले यस अघि पनि 'डेयर टु डान्स' शोमा जज बनेका थिए। तर यस पटक भने उनी कमेडी शोको निर्णायक बनेर आउने भएका छन्। </p><p style="text-align: justify; ">बलिउडमा ' हेरा फेरी' देखि 'हाउसफुल' जस्ता हिट कमेडी फिल्महरु गरिसकेका अक्षय टिभी शो मा भने पहिलो पटक कमेडी शोमा देखिँदैछन्।यस भन्दा अघि अक्षयले एक्शन रियालिटी शो खतरों के खिलाड़ी को होस्ट पनि गरेका थिए।अक्षयको कमेडी फिल्महरुमा रहेको क्रेजलाई देखेर यस शो का निर्माताले उनलाई बोस अफ कमेडीको रुपमा शोमा स्थान दिने निर्णय गरेको मिडियाले जनाएको छ। एजेन्सी</p>







२४ बैशाख २०७४, आईतवार ०५:०३ 








