बैशाख, काठमाडौं ।

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्र ‘कारखाना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीको बिग मुभिजमा एक कार्यक्रम गर्दै चलचित्र युनिटले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरेको हो । कार्यक्रममा नायिका सिवाकोटीले चलचित्रको कथावस्तु आफ्नो प्रेमको वरिपरि घुमेको बताइन् । ‘चलचित्रमा एक गहन विषयलाई उठाइएको छ, साथै प्रेम रोमान्सलगायतका कुराको पनि समिश्रण छ’, वर्षाले भनिन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, जेविका कार्की, मौसमी मल्ललगायतका कलाकारको मुख्य भूमिका छ ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सापकोटाले अहिलेसम्म नेपाली चलचित्रको इतिहासमै नबनेको कथालाई चलचित्रमा उठान गरिएको बताए । ‘मैले चलचित्रमा उठाएको कथा अहिलेसम्म कुनै पनि चलचित्रमा लिइएको छैन । दर्शकमाझ एकदम फरक चलचित्र लिएर आएका छौं, आशा छ प्रतिक्रिया धेरै राम्रो आउनेछ’, सापकोटाले भने । अनन्त घिमिरको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको यो चलचित्रमा सुदीप खड्का र अमर बज्राचार्यले लगानी गरेका छन् । कार्यक्रममा चलचित्रका नायक सुशील क्षेत्री भने अनुपस्थित थिए ।

Interview with Actress Barsha Siwakoti

Trailer

२५ बैशाख २०७४, सोमबार १६:०४